२०८१ जेष्ठ ९ गते बुधवार

बझाङमा ८ जना उमेदवारको धरौटी रकम जफत


बझाङ, १७ बैशाख । बझाङमा एकीकृत समाजवादीसहित ८ उम्मेदवारको धरौटी रकम जफत भएको छ । निर्वाचन आयोगका अनुसार जमानत जोगाउन उम्मेदवारले १० प्रतिशत सदर मत कटाउनुपर्ने हुन्छ । तर मत गणनाअनुसार एकीकृत समाजवादीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत, नेपाल मजदुर किसान पार्टीलगायत ८ जना उम्मेदवारको १० प्रतिशत सदर मत कटेको छैन ।

आयोगका अनुसार प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्दा पाँच हजार रुपैयाँ धरौटी लाग्छ । महिला, दलित अल्पसंख्यक वा आर्थिक रुपले विपन्नहरूले धरौटी रकममा आधा छुट पाउँछन् भने जमानत जफथ नहुनेले त्यो रकम फिर्ता पाउँछन् ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस