रोल्पा, २९ बैशाख । रोल्पाका डिलबहादुर बाँठा ८ महिनाअघि रोजगारीको शिलशिलामा मलेसियामा जानुभयो । दैनिकी राम्रै चलेको थियो ।
घरमा बुवाआमालाई बिदेशबाट फर्केर विवाह गर्ने वचन दिएका उहाँले मलेसियामा राम्रै कमाउनुभएको थियो । तर शुक्रबार उहाँले काम गर्ने क्रममा मेसिनमा खुट्टा पर्दा दुई टुक्रा भएको छ ।
रुन्टीगढी गाउँपालिका-८ मगरगोरी घर भई हाल मलेसियामा काम गर्ने क्रममा बाँठाको खुट्टा मेसिनमा परेर गुमेको वडाअध्यक्ष तुलसी पुनमगरले जानकारी दिनुभयो । घाईते बुढाको साथीहरुको सहयोगमा मलेसियामै उपचार भइरहेको छ ।
उहाँ गतवर्ष असोजमा मात्रै रोजगारीको लागि मलेसियामा जानुभएको हो । २१ वर्षका डिलबहादुरका घरमा बुवा-आमा हुनुहुन्छ । रोजगारीको लागि मलेसियामा गएका बेला छोराको एउटा खुट्टा गुमेपछि परिवार चिन्तामा छन् ।
प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार