दाङ,४ जेठ । दाङमा बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन् । दुर्घटनामा परी तुलसीपुर-८ बस्ने बर्ष १८ कि अन्जली केसी, तुलसीपुर-१७ बस्ने बर्ष ४० का महेन्द्र बस्नेत, तुलसीपुर-१९ बस्ने बर्ष २८ का भिमकान्त महरा, तुलसीपुर-८ का वर्ष २४ को बिन्जन केसी घाइते हुनुभएको छ ।
यस्तै तुलसीपुर-८ बस्ने वर्ष ४६ का देव बहादुर केसी, तुलसीपुर-७ का वर्ष ३७ का भिम कुमारी बिक, तुलसीपुर-५ बस्ने वर्ष ३७ कि सबिना बुढा, तुलसीपुर-२ बस्ने बर्ष १८ कि ममता नेपाली घाइते हुनुभएको छ ।
तुलसीपुर-२ का १८ वर्षका समिक्षा शर्मा, तुलसीपुर-१५ का वर्ष २० का दिपु बश्याल, रोल्पाको गंगादेव गाउँपालिका-१ बस्ने वर्ष २२ को यामलाल वली, रोल्पाको माडी गाउँपालिका-१ बस्ने वर्ष २० को दल बहादुर बिक घाइते हुनुभएको छ ।
सल्यान बागचौर नगरपालिका-५ बस्ने बर्ष १९ का मोहन केसी, बागचौर ५ बस्ने बर्ष २४ को भरत डाँगी, बागचौर-३ बस्ने बर्ष २९ को शुशिल ढकाल, छत्रेश्वरी गाउँपालिका-२ बस्ने बर्ष २८ का रमेश केसी, छत्रेश्वरी-१ बस्ने बर्ष ३० को गणेश चन्द घाइते हुनुभएको छ ।
घोराही-तुलसीपुर सडकखण्ड अन्तरगत तुलसीपुर-१८ बेलझुण्डीमा काठ्माण्डौ जाँदै गरको प्रदेश ३-०१००६ख ०९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।
बसमा ३१ जना यात्रु सवार रहेका थिए । घाईते सबैलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । बस आज बेलुका पौने ६ बजेतिर दुर्घटनामा परेको हो ।
बस अगाडि बढेको कारण सागुरो भएकोले सडक छेउबाट कोल्टो परी पल्टन गई दुर्घटना हुदा सो गाडिमा सवार ३१ जना यात्रुहरू मध्ये १७ जना घाइते भएकोमा सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।