२०८१ जेष्ठ ९ गते बुधवार

तुलसीपुर उवासंघमा नयाँ नेतृत्वका लागि मतदान जारी


तुलसीपुर, २९ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि आज निर्वाचन भइरहेको छ । बिहान ८ बजेदेखि शुरु भएको मतदान बेलुका ५ बजेसम्म हुने निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिनुभयो ।

मतदानका लागि तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालयको दोस्रो तलामा २२ वटा र शारिरिक रुपमा अशक्तहरुको लागि कार्यालयको तल्लो तलामा ७ वटा बुथ गरी २९ वटा बुथको व्यवस्था गरिएको छ ।

निर्वाचनमा एकै पटक २९ जना मतदाताले सहभागिता जनाउन सक्ने भएकाले मतदान छिटो सकिने निर्वाचन समितिले जनाएको छ । संघमा कुल ३ हजार ४ सय ७७ जना मतदाता रहेका छन् ।

फोटो सहितको मतदाता परिचयपत्र नभएको खण्डमा सवारी चालक अनुमति पत्र तथा नागरिकताको आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ । निर्वाचनमा नेपाली कांग्रेसका विनिल केसीको नेतृत्वमा एउटा प्यानल र कांग्रेसकै ललित जंग शाहको नेतृत्वमा ७ दलिय समर्थनमा अर्को प्यानल चुनावी मैदानमा रहेका छन् ।

यसैगरी आज नै नारायणपुर उद्योग वाणिज्य संघमा पनि निर्वाचन हुदैछ । अध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष र सचिव पदका लागि निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस