२०८१ फाल्गुन ३ गते शनिवार

नारायणपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बस्नेत निर्वाचित

दाङ, ३० बैशाख ।
नारायणपुर उद्योग वाणिज्य संघको अध्यक्षमा अनिलकुमार बस्नेत निर्वाचित हुनुभएको छ । संयुक्त व्यवसायी प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका बस्नेत ३ सय ८ मतका साथ निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी युवा व्यवसायी प्यानलका लिलाधर शर्मा (बिट्टु) ले ९० मत प्राप्त गर्नुभएको छ । त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट उद्योग उपाध्यक्ष पदमा बसन्त न्यौपानेले २ सय ७ मत प्राप्त गरी निर्वाति हुनुभएको छ । उहाँका प्रतिष्पर्धी धरमबहादुर बस्नेतले १ सय ८४ मत ल्याउनुभएको छ ।

त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार रहेका कुलराज खनालले २ सय ५७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने सचेत युवा व्यवसायी प्यानलका सनतकुमार आचार्यले १ सय ४१ मत ल्याउनुभएको छ ।

त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट सचिव पदका उम्मेदवार रहेका मिना भण्डारीले २ सय १० मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिष्पर्धी सचेत युवा व्यवसायी प्यानलका तिलकबहादुर भण्डारीले १ सय ८२ मत लिएर पराजित हुनुभएको छ ।

शनिवार भएको निर्वाचनमा कुल ४ सय ३२ मतदाता रहेकोमा ४ सय ६ मत खसेको थियो । बस्नेतको प्यानल लाई नेपाली काङ्ग्रेस , नेकपा एमाले , र नेकपा माओवादीको समर्थन थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस