
दाङ्ग, ७ जेठ । दाङको घोराही वडा नम्बर १५ स्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा निसन्तानपको उपचारमा प्रतिष्ठित इन्दिरा आइ. भि. एफ. संगको सहकार्यमा निशुल्क परामर्श स्वास्थ्य शिविर गरिने भएको छ ।
शनिबार यहि जेठ १२ गते निःशुल्क परामर्श शिबिर आयोजना गरिएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले बताउनुभयो ।
नेपाल र भारतमा गरि १२० भन्दा बढी शाखा भएको इन्दिरा आइ. भि. एफ. ले अहिलेसम्म १ लाख ५० हजारभन्दा बढी सफल आइ. भि. एफ. गर्भाधान गरिसकेको छ । यसको सफलतादर ७० प्रतिशतसम्म रहेको शर्माको भनाइ छ ।
बुद्ध हस्पिटलमा आउँदो शनिबार हुने शिबिरमा निसन्तानपनका कारण, उपचार पद्धति लगायत सम्पुणर् पक्षमा जानकारी प्रदान गरिने छ ।
त्यसैगरी बुद्ध इन्टरनेशनल हस्पिटलमा स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. बिमला तिवारीद्वारा नियमितरुपमा निसन्तानपनको चेकजाच, उपचार तथा आइ. यु. आइ. सेवापनि प्रवाह भईरहेको छ ।