२०८१ जेष्ठ ९ गते बुधवार

फूपुको घरमा आएका दुई दाजुभाईको बबई नदीमा डुबेर मृत्यु

दाङ, ०१ जेठ । दाङमा बबई नदिमा डुबेर दुई दाजुभाईको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नं. ७ ओदाले घाटमा पौडी खेल्ने क्रममा मंगलबार (आज) मृत्यु भएको हो ।

दुई दाजुभाई सोमवार मात्रै भारतबाट ओदालेमा रहेको फुपूको घरमा आएको बुझिएको छ । प्रहरीका अनुसार १६ वर्षिय दिपेश परियारको बबई नदीबाट शव निकालिएको छ भने १८ वर्षिय दिपक परियारको उद्धार गरेर अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख अजयजंग थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस