तुलसीपुर, २९ बैशाख । तुलसीपुरमा वर्षाको कारणले आधा घण्टा स्थगित भएको निर्वाचन पुन : सुरु भएको छ । पानी परेपछि तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन आधा घण्टा स्थगित भएको थियो ।
आधा घण्टा स्थगित भएको निर्वाचन पुनः सुरु भएको निर्वाचन समितिले जनाएको छ । आज (शनिबार) बिहान ८ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी रहेको छ ।
दिउँसो २ बजेसम्म एक हजार पाँच सय मतदाताले मतदान गरेको निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिनुभयो । अहिलेसम्म मतदान शान्तिपुणर् तरिकाले सञ्चालन भैरहेको संयोजक लम्सालले बताउनुभयो ।
मतदानका लागि तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालयको दोस्रो तलामा २२ वटा बुथ तथा शारिरिक रुपमा अशक्तहरुको लागि कार्यालयको तल्लो तलामा ७ वटा बुथ सहित २९ वटा बुथमा एकसाथ मतदान जारी छ ।
तुलसीपुर उद्योग वाणिज्य संघमा कुल ३ हजार ४ सय ७७ जना मतदाता रहेका छन् । विहान ८ बजेदेखि सुरु भएको मतदान वेलुका ५ बजेसम्म गर्न सकिने छ ।
निर्वाचनमा नेपाली कांग्रेसका बिनिल केसीको नेतृत्वमा एउटा प्यानल र कांग्रसकै ललित जंग शाहको नेतृत्वमा ७ दलिय समर्थनमा अर्को प्यानल चुनावमा सहभागी भएका छन् ।