सल्यान, ११ कात्तिक । सल्यानको बागचौर नगरपालिका–१०, मोखलाकी ५५ वर्षीया लक्ष्मी विकको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। टाउकोमा क्यान्सर देखिएपछि भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत विकको परिवारले आर्थिक अभावका कारण उपचार खर्च जुटाउन कठिनाइ भोगिरहेको छ।
विक गत साउन २७ गतेदेखि स्वास्थ्य समस्याका कारण उपचाररत हुनुहुन्छ। उहाँको परिवारले विभिन्न अस्पतालमा उपचार गराउँदै आएको थियो। उपचारकै क्रममा भारतको चण्डीगढस्थित पीजीआई अस्पतालसम्म पुर्याइए पनि त्यहाँ उपचार हुन नसकेपछि हाल नेपालकै भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ।
चिकित्सकका अनुसार उहाँको टाउकोको अप्रेसन एक हप्ताभित्रै गर्नुपर्ने अवस्था रहेको छ। लामो समयदेखि उपचार गराउँदै आउँदा परिवारसँग भएको रकमसमेत सकिएको र पारिवारिक आर्थिक अवस्था कमजोर रहेकाले थप उपचारका लागि आवश्यक रकम जुटाउन समस्या भएको हाे ।
यस कठिन परिस्थितिमा लक्ष्मी विकको जीवन रक्षाका लागि सहयोगको अपिल गरिएको छ।
उहाँको उपचारमा सहयोग पुर्याउन समाजसेवी, बुद्धिजीवी, सहयोगी मन भएका व्यक्ति तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आर्थिक सहयोग गरिदिन अनुरोध गरिएको छ।
थोरै भए पनि तपाईंको सहयोगले लक्ष्मी विकको उपचारमा ठूलो राहत पुग्न सक्छ। मानवीय सेवाभावका साथ आफूले सकेको आर्थिक सहयोग गरी उहाँको जीवन रक्षाको अभियानमा साथ दिन सबैमा हार्दिक अपिल गरिएको छ।


