२०८३ असोज १३ गते मङ्गलवार

हेमराज साहुकाे दाङ क्षेत्र नं. ३(क) बाट प्रदेश प्रतिनिधिमा उम्मेदवारी घाेषणा


दाङ, १३ भदाै । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा हेमराज साहुले दाङ क्षेत्र नं. ३(क) बाट प्रदेश प्रतिनिधि–युवा तर्फ उम्मेदवारी घोषणा गर्नुभएकाे छ ।


तुलसीपुर-१३ निवासी साहुले आफ्नो उम्मेदवारीसँगै युवाको रोजगारी तथा सीप विकास, शिक्षा, स्वास्थ्य र गुणस्तरीय सेवा, कृषि, पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता सार्वजनिक गर्नुभएकाे छ ।


त्यस्तै उहाँले भ्रष्टाचाररहित, पारदर्शी र जवाफदेही शासन, समानता, समावेशिता तथा सामाजिक न्यायका विषयलाई पनि आफ्नो प्रतिबद्धतामा समेट्नुभएकाे छ । समृद्ध र आत्मनिर्भर दाङ निर्माण गर्ने लक्ष्यसहित आफू अघि बढेको उहाँको प्रचार सामग्रीमा उल्लेख छ।


नेपाली कांग्रेसका विचार तथा सिद्धान्तप्रति प्रतिबद्ध रहेको जनाउँदै साहुले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, सद्भाव र सहिष्णुता, शान्ति, स्थिरता तथा समृद्धिलाई आफ्नो राजनीतिक आधारका रूपमा प्रस्तुत गर्नुभएकाे छ ।


उहाँले प्रदेश प्रतिनिधिका रूपमा आफूलाई निर्वाचित गराउन अमूल्य मतदान गरी विजयी गराउन क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रह गर्नुभएकाे छ ।


दाङ क्षेत्र नं. ३(क) प्रदेश प्रतिनिधि–युवा तर्फ उम्मेदवार हेमराज साहुको मुख्य प्रतिबद्धता :
-युवाको रोजगारी र सीप विकास
-शिक्षा, स्वास्थ्य र गुणस्तरीय सेवा
-कृषि, पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन
-भ्रष्टाचाररहित, पारदर्शी र जवाफदेही शासन
-समानता, समावेशिता र सामाजिक न्याय
-समृद्ध तथा आत्मनिर्भर दाङ निर्माण

प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस