तुलसीपुर । लायन्स क्लब अफ तुलसीपुर इशानले मानव सेवा आश्रमलाई फ्रिज हस्तान्तरण गरेको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई आवश्यक सामग्री सहयोग गर्ने उद्देश्यले क्लबले फ्रिज हस्तान्तरण गरेको हो।
फ्रिज हस्तान्तरण कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष दीपक केसीले आगामी दिनमा पनि मानव सेवा आश्रमलाई सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मानव सेवा र सामाजिक कार्यलाई प्राथमिकता दिँदै आएको क्लबले आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रममा लायन्स क्लब अफ तुलसीपुर इशानका अध्यक्ष दीपक केसी, कार्यक्रम संयोजक केशवराज न्यौपाने, संस्थापक अध्यक्ष बुद्धप्रकाश सिंह, दामोदर न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रवार


