२०८३ असोज १२ गते सोमवार

महाधिवेशन प्रतिनिधिका लागि  सुरेश हमालकाे उम्मेदवारी घोषणा


तुलसीपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदका लागि युवा नेता सुरेश हमालले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएकाे छ ।


संगठन र पार्टीका कार्यकर्तासँग निरन्तर सहकार्य गर्दै आएको अनुभवलाई आधार बनाउँदै उहाँले महाधिवेशन प्रतिनिधि (खुला) पदमा उम्मेदवारी दिएको बताउनुभयाे  ।

पार्टी संगठनलाई थप सुदृढ बनाउन तथा कार्यकर्तासँगको सम्बन्धलाई निरन्तरता दिन आफू सक्रिय रहने उहाँको भनाइ छ।


उम्मेदवारी घोषणा गर्दै उहाँले संगठन निर्माणका क्रममा कार्यकर्तासँगको सहकार्य, सहभागिता र सम्बन्धलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्नुभएको छ ।  विगतमा आफूले संगठन र कार्यकर्ताका पक्षमा गर्दै आएका कामको मूल्याङ्कन गर्नसमेत उनले क्षेत्रीय प्रतिनिधिहरूसमक्ष आग्रह गर्नुभएकाे छ।


उहाँले महाधिवेशन प्रतिनिधिको निर्वाचनमा आफ्नो पक्षमा मत प्रदान गर्न आग्रह गर्दै भन्नुभएकमफ “संगठन र कार्यकर्तासँग निरन्तर सहकार्य गर्दै गरेको कामको मूल्याङ्कन गर्दै यहाँहरूको साथ, माया, आशीर्वाद र अमूल्य मत प्रदान गरी विजयी गराउनुहुन हार्दिक अपिल गर्दछु।”
नेपाली कांग्रेसको महाधिवेशन प्रक्रियामा क्षेत्रीय अधिवेशनबाट चयन हुने महाधिवेशन प्रतिनिधिले पार्टीको केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने भएकाले दाङ क्षेत्र नं. ३ को अधिवेशनलाई पनि पार्टीभित्र महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ।


उम्मेदवारले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा संगठन र कार्यकर्तासँगको निरन्तर सहकार्यलाई संस्थागत गर्ने अवसरका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँ नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाको निर्तमान सभापति हुनुहुन्थ्याे  ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस