
साउदी, १९ पुस । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका दाङका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ दंगीशरण गाउँपालिका–६ थपगाउँका निवासी ३८ वर्षीय अर्जुन सार्की रहनुभएको छ । उहाँको बुधबार राती सुतेकै अवस्थामा मृत्यु भएको मृतकका साथी अजय खनालले जानकारी दिनुभयो ।
अर्जुन ३८ महिना अगाडि काठमाडौं स्थित मोन्टेज मेनपावरमार्फत साउदी अरब जानुभएको हो । उहाँ साउदीको लोजिस्टिक कम्पनीमा काम गर्दै आउनुभएको थियो ।
अर्जुनले कम्पनीमा काम गरी आफ्नै कोठामा खाना खाएर सुतेको र बिहीबार बिहान मृत अवस्थामा फेला पारेको संगै रहेका साथीहरुले जानकारी दिएका छन् । मृतकका परिवारजनले शवलाई नेपाल पठाइदिन साउदी स्थित नेपाली दूतावास, संघ संस्था, र नेपाल सरकारसँग आग्रह गरेका छन् । मृतक अर्जुनको घरमा आमा, श्रीमती र दुई सन्तान छन् ।
प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार