दाङ, ४ असोज । ५ वर्षमा सामाजिक सुरक्षा कोषमा १६ लाख २९ हजार योगदानकर्ता सुचिकृत भएका छन् । कोषको तथ्याङ्कअनुसार साढे १९ हजार रोजगारदाता कोषमा सुचिकृत भएका छन् । २०७६ साउन १ गतेदेखि कोषले औपचारिक रुपमा योगदान कर्ताबाट रकम सङ्कलन गर्न सुरु गरेको हो ।
त्यसयता कोषमा ६ हजार ४६० करोड ५४ लाख रुपैयाँ सङ्कलन भएको छ । जसमध्ये हालसम्म १ हजार ८७ करोड ३२ लाख भने योगदान कर्ताले दाबी गरिसकेका छन् । १ सय ३२ करोड ५५ लाख औषधी उपचार, स्वस्थ्य तथा मातृत्व दाबी रकम हो भने दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम १४ करोड ४३ लाख रहेको कोषले जनाएको छ ।
यस्तै आश्रित परिवार सुरक्षा बावी रकम १६ करोड ७६ लाख रहेको छ । अवकास दावी रकमका लागि ९ सय २३ करोड ५७ लाख भुक्तानी भएको छ । तर कोषले अनौपचारिक क्षेत्रका योगदानकर्तालाई भने लक्ष्य अनुसार जोड्न सकेको छैन । हालसम्म केहि पालिकामा मात्रै कोषले सम्झौता गरेको छ ।
भने दुई पालिकाका योगदान कर्तामात्रै कोषमा आवद्ध भएको कोषका प्रवक्ता विवेक पन्थीले सीआईएनसँग बताउनुभयो । अनौपचारिक क्षेत्रका योगदानकर्ता लाई जोड्न गत वर्ष नै कार्यविधि जारी भईसकेको छ ।




