२०८१ फाल्गुन ७ गते बुधवार

सरकारविरुद्ध रास्वपाको तुलसीपुरमा प्रदर्शन

तुलसीपुर, १५ पुस । राष्ट्रिय स्वतन्त्र पाटीले तुलसीपुरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । रास्वपाले विभिन्न नौ प्रश्न राखेर सरकारसंग जवाफ मागेको छ ।

तुलसीपुरको विपि चोकमा शनिबार दिउँसो बिरोध कार्यक्रम गरिएको रास्वपा नेता संगिता ढकालले जानकारी दिनुभयो ।

ललितपुरको बालकुमारीमा भएको दुई युवकको हत्यादेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काएको भन्दै रास्वपाले सरकारसंग जवाफ मागेको छ । रास्वपाले सरकारले ललिता निवास काण्डमा दोषी उम्काएको, सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाएको, एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने काम भएको आरोप लगाएको छ ।

टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगरिएको, वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने काम भएको, नारायणघाट -बुटवल, मुग्लिन- पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारि जनतालाई धुलोमा डुबाएको, प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गरिरहेको रास्वपाले आरोप लगाएको छ ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस