सल्यान, ९ भदौ । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वारका रूपमा रहेको कपुरकोटमा खाना पकाउने एलपीजी ग्यासको तीव्र अभाव भएको छ।
राप्ती ग्यास उद्योगको एकमात्र बिक्री डिलर रहेको कपुरकोट बजारमा माग अनुसार ग्यास उपलब्ध हुन नसक्दा स्थानीय उपभोक्ताहरू मारमा परेका छन्।
ग्यास आपूर्ति सहज नहुँदा दैनिक छाक टार्नै धौ-धौ परेको उपभोक्ताहरूको गुनासो छ।
यसैबीच, बजारमा ग्यास अभाव हुने हल्ला फैलिएसँगै केही व्यक्तिहरूले आवश्यकताभन्दा बढी ग्यास अनावश्यक रूपमा सञ्चित गरेर राख्ने प्रवृत्ति बढेकाले अभाव अझ चुलिएको स्थानीय बताउँछन्।
ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउन र कृत्रिम अभाव सिर्जना गरी सञ्चय गर्ने कार्यलाई रोक्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने माग उठेको छ।
प्रकाशित मिति : २०८३ भाद्र ८ गते सोमवार


