दाङ । निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुका चुनावी सभा हुने क्रम चलिरहेको छ । लुम्बिनी प्रदेश राजधानी दाङलाई केन्द्र बनाएर दलहरुले चुनावी सभा गरिरहेका छन् ।
चुनावलाई लक्षित गरेर नेपाली कांगेसले आइतबार (भोलि) तुलसीपुरमा विशाल चुनावी सभा गर्ने भएको छ । नेपाली कांग्रेस तुलसीपुर नगर समितिले तुलसीपुरको बसपार्कमा चुनावी सभाको आयोजना गरेको हो ।
नगर सभापति सुरेश हमालले चुनावी सभालाई नेपाली कांगे्रसका केन्द्रिय उपसभापति पुष्पा भुषालले सम्बोधन गर्ने बताउनुभयो । बिहान ११ बजे हुने बृहत चुनावी सभामा सहभागीताका लागि नगर सभापति हमालले सबैमा अनुरोध गर्नुभएको छ । कांग्रेसले क्षेत्र नम्बर ३ मा दिपक गिरीलाई प्रतिनिधि सभाको उमेदवार बनाएको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन १६ गते शनिवार




