काठमाडौं ,६ वैशाख । चलचित्र पत्रकार संघ नेपालको दशौं महाधिवेशनबाट समीर बलामी अध्यक्षमा निर्वाचित भएका छन्। महाधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत/निर्वाचन प्रक्रियामार्फत चयन गरिएको हो।
नवनिर्वाचित अध्यक्ष बलामीसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले नेपाली चलचित्र पत्रकारितालाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने अपेक्षा गरिएको छ।
महाधिवेशनबाट उपाध्यक्ष (संगठन)मा रघुनाथ सापकोटा, उपाध्यक्ष (कार्यक्रम)मा कुमार आचार्य तथा उपाध्यक्ष (महिला)मा दिपज्योती थापा निर्वाचित भएका छन्। त्यसैगरी महासचिवमा गोपीकृष्ण चापागाईं, सचिवमा मदन रिजाल र सचिव (समावेशी)मा महम्मद जलिम चयन भएका छन्।
संघको कोषाध्यक्षमा मनिष अञ्जान तथा सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन्। सदस्यहरूमा सुशिल नेपाल, सालिकराम न्यौपाने, नबिन चापागाईं, दिपराज क्षेत्री, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा) र रतन बहादुर चन्द रहेका छन्।
नवनिर्वाचित कार्यसमितिले चलचित्र पत्रकारहरुको पेशागत हकहित, क्षमता विकास तथा नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।




