२०८३ असार ७ गते आइतवार

चुनावको मुखैमा १०० भन्दा बढी युवा कांग्रेसमा प्रवेश


दाङ, १६ फागुन । दाङमा चुनावको मुखैमा १०० भन्दा बढी युवा कांग्रेसमा प्रवेश गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१४ मा १०० भन्दा बढी युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

वडा अध्यक्ष शंकर खड्का र नगर सभापति सुरेश हमालको पहलमा आयोजित कार्यक्रममा युवाहरू औपचारिक रूपमा कांगे्रसमा आवद्ध भएका हुन् । निर्वाचनको मुखमा भएको यो प्रवेशलाई अन्य राजनीतिक दलका लागि ठूलो धक्का रूपमा हेरिएको छ ।

नगर सभापति सुरेश हमालले जनताको विश्वास जित्दै कांग्रेसप्रति आकर्षण बढ्दो रहेको उल्लेख गर्दै चुनाव नजिकिँदै गर्दा भएको यो सामूहिक प्रवेशले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले युवाहरूको साथ र समर्थनले अन्य दललाई स्पष्ट सन्देश दिएको बताउनुभयो ।

कार्यक्रमका समन्वयकर्ता अनिल नेपाली रहनुभएको थियो । पार्टी प्रवेश गर्नेहरूमा विजय नेपाली, एकराज योगी, दिनेश विश्वकर्मा लगायत १०० भन्दा बढी युवाहरू सहभागी रहेका युवा नेता राघव देवकोटाले जानकारी दिनुभयो ।

नवप्रवेशी युवाहरूले कांग्रेसको नीति, विचार र लोकतान्त्रिक मूल्यप्रति आस्था राख्दै समाज परिवर्तन, पारदर्शिता र स्थानीय विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस