सल्यान, २ पुस । सल्यानमा ४० वर्षीया भाउजूलाई बलत्कार गरेको आरोपमा देवर पक्राउ परेका छन् । आफ्नै भाउजू बलात्कारको आरोपमा छत्रेश्वरी गाउँपालिका-७ का ३९ वर्षीय पुरुष पक्राउ परेका हुन् ।
पक्राउ परेका पुरुषलाई इलाका प्रहरी कार्यालय लुहाममा राखी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० पुष २ गते सोमवार