२०८१ फाल्गुन १ गते बिहिवार

तुलसीपुरमा खयरको अबैध काठ बरामद

तुलसीपुर, २७ मंसिर । तुलसीपुरमा अबैध रुपमा काठ बोकेको ट्याक्टर चालकलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ७८.५९ क्युफिट अबैध खयरको काठसहित ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको हो ।

अबैध रुपमा खयरको काठ बोकेर तुलसीपुर तर्फ ल्याउँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले मंगलबार दिउँसो ४ बजे तुलसीपुर १० बनगाउबाट खयरको काठ बरामद गरेको हो ।

सुकौराबाट तुलसीपुर तर्फ आईरहेको रा १ त १६९३ नं को ट्याक्टरमा लोड गरिएको एक ट्रली अबैध खयरको काठसहित तुलसीपुर ६ का ५८ वर्षीय चालक राजुलाल थारुलाई पनि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्ले जानकारी दिनुभयो ।

बरामद गरेको काठ थप अनुसन्धानका लागि बुधबार सव डिभिजन वन कार्यालय तुलासीपुर बुझाएको मल्लले बताउनुभयो । उक्त काठको मूल्य ८४ हजार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस