२०८० फाल्गुन २१ गते सोमवार

रास्वपा सभापति लामिछाने मलेसिया प्रस्थान

दाङ, १७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मलेसिया प्रस्थान गर्नुभएको छ ।

लामिछाने गएराति पौने १० बजे मलेसिया प्रस्थान गरेको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो । सभापति लामिछाने मलेसियाबाट मंसिर १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

स्वदेश फर्किएको भोलीपल्टै फेरि उहाँ कतार जाने कार्यक्रम सहप्रवक्ता रावलले बताउनुभयो । त्यसपछि कतारबाटै बेलायत जाने कार्यक्रम रहेको छ । सभापति लामिछाने मंसिर २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस