
दाङ, ७ मंसिर । भूकम्प प्रभावितका लागि दाङमा युवाहरुले राहत संकलन गरेका छन् । तुलसीपुर-७ जितपुर निवासी एवं धार्मिक एवं सामाजिक अभियान्ता उपेन्द्र पौडेलको नेतृत्वमा धार्मिक युवा समुहले भूकम्प प्रभावितका लागि राहत संकलन गरेको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ को तुलसीपुर चोकमा दानपेटीका मार्फत र विभिन्न दाताहरुमार्फत संकलन गरी भूकम्प प्रभावितका लागि रकम संकलन गरिएको हो ।
मंसिर ४ गतेदेखि ७ गतेसम्म दान पेटिकामार्फत संकलन भएको ४ हजार ६६० र विभिन्न दाताहरुबाट ६ हजार ४५५ गरी ११ हजार ११५ रुपैँया राहत संकलन कोषमा जम्मा गरिएको अभियान्ता पौडेलले बताउनुभयो । कोषमा रकम जम्मा गरिएको भौचर जिल्ला प्रशासन कार्यालय र घोराही-१५ लाई बुझाएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार