
काठमाडौँ, २३ पुस । भूकम्पका कारण तिब्ब्तमा ठूलो धनजनको क्षति भएको पूर्वानुमान गरिएको छ । सिजिटिएनका अनुसार हालसम्म भूकम्पमा परी ३६ जनाको मृत्यु भएको छ ।
प्राप्त विवरणअनुसार तिब्बतको सरमाथा आधार शिविर क्षेत्रमा भूकम्पले गराएको भौतिक क्षति ठूलो देखिन्छ । घरहरु भत्किएका, गाडीहरु पुरीएका तस्विरहरु प्राप्त भएका छन् ।
चीनको भूकम्प मापन केन्द्रले भूकम्पको तिब्रता ६.८ म्याग्निच्युुडको भएको बताएका छन् । जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा भूकम्पको केन्द्रबिन्दु थियो ।
प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार