२०८१ फाल्गुन ६ गते मङ्गलवार

चिनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो

काठमाडौँ, २३ पुस । आज बिहान तिब्बतको जिजाङ्ग प्रान्तको सिगात्से केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

चिनको समाचार एजेन्सी सिन्ह्वा र चिनियाँ विश्व च्यानल सीजीटीएनका अनुसारका अनुृसार डिङ्ग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परि ५३ जनाको मृत्यु, ६२ जना घाइते भएका हुन् ।

चिब्बतको क्षतिग्रस्त क्षेत्रमा चीनको राज्य परिषद्को भूकम्प राहत विभाग र आपतकालीन व्यवस्थापन विभागले ३ तहको आपतकालीन प्रतिक्रिया सक्रिय गरेको र उद्धार एवं राहत कार्यमा मार्गदर्शन गर्न कार्यदल समेत पठाएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पपछिको क्षति न्यूनीकरणका लागि उद्धारकार्यलाई तिव्रता दिन र सम्पूर्ण स्रोत साधन परिचालन गर्न आग्रह गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले विपद्बारे जारी गरेको निर्देशनमा प्रभावित मानिसहरूको उचित पुर्नस्थापना गर्न र चिसो जाडोमा सुरक्षित र आश्रयस्थल सुनिश्चित गर्न प्रयास गर्न समेत आग्रह गरेका छन् ।

चिनियाँ समयअनुसार मंगलबार बिहान ९ बजेर ५ मिनेटमा १० किलोमिटर गहिराइमा भूकम्प गएको हो ।

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस