२०८१ कार्तिक २२ गते बिहिवार

३५ हजार परिवार घरबासविहीन

रुकुम पश्चिम, २१ कार्तिक । शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले ३५ हजार परिवारलाई बासविहीन बनाएको छ । जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूणर् रूपमा भत्किएका छन् । त्यस्तै १७ हजार ५ सय २९ कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन् ।

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सोमबार रातिसम्म संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी घर रुकुम पश्चिममा भत्किएका छन् । यो जिल्लामा १६ हजार ५ सय ७० घर पूणर् रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

त्यस्तै जाजरकोटमा १ हजार १ सय ७० घर पूणर् रूपमा र ७ हजार १ सय ६६ घर आंशिक रूपमा भत्किएका छन् । सबैभन्दा बढी मानवीय क्षति भने जाजरकोटमा भएको छ ।

भूकम्पको धक्काले दाङसहित रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा कुनै न कुनै रूपमा प्रभावित गरेको छ । पहिले नै जोखिमपूणर् भनेर सार्नुपर्ने भनिएका बस्ती उपेक्षामा परेकाले पनि बढी क्षति भएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस