लामो समयदेखि पोर्चुगलमा बसी ब्यापार,ब्यबसाय गर्दै आईरहेका दाङ तुलसीपुर-१७ दुधरास निवासी शिव सागर बुढाथोकीले पोर्चुगलमा जुलाई ३० तारिखमा हुने एनआरएनएको निर्वाचनमा उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एनआरएनए पोर्चुगलको सदस्य रहेर लामो समय राम्रो काम गर्दै आईरहेका शिव सागरले आफ्नो उम्मेदवारी पोर्चुगलमा बस्ने सम्पुर्ण नेपालीहरुको अधिकारका लागी र उनिहरुका हरेक समस्या समाधान गर्नका लागी भएको बताएका छन् ।
लामो समय पोर्चुगलमा बसी कयौँ नेपालीको प्रेरणाको श्रोत बनेका शिव सागरले हाल पोर्चुगलमा निकै रुचाईएको जुजु रेष्टुरेन्ट एण्ड बार चलाउदै आएका छन् । पछिल्लो समय यूवाहरुको काममा निरन्तर रुपमा लागिरहेका शिव सागर त्यहाँको लागी नौलो नाम भने होईन ।
बिगत र बर्तमानमा पोर्चुगलमा राम्रो छाप बनाएका उनि भबिश्यमा पनि पोर्चुगलमा बस्ने सम्पुर्ण नेपाली दाजुभाई, दिदिबहीनीहरूको सहयोगी पात्र बन्न चाहान्छन् ।
त्यति मात्रै हैन उनिहरुका अधिकार प्राप्तीका लागी पहल कदमी अघि बढाई उनिहरुलाई न्याय दिने लक्ष्यका साथ उनि चुनावमा होमिदैछन् ।
उनले सम्पुर्ण पोर्चुगलमा बस्ने नेपालीहरुलाई सहयोगका लागी अपिल समेत गरेका छन् । उनले भन्छन् तपाईहरु मलाई साथ दिनुस् मतदान गर्नुस् म तपाईहरुको अधिकारका लागी लड्छु ।