२०८० मङ्सिर २० गते बुधवार

आगामी फागुनमा नेराक संगठन निजामती लुम्बिनी प्रदेशको अधिवेशन हुने

दाङ, १५ माघ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती लुम्बिनी प्रदेशले आगामी फागुन ६ गते अधिवेशन गर्ने भएको छ ।

संगठनको शनिबार दाङमा बसेको बैठकले आगामी फागुन ६ गते लुम्बिनी प्रदेश राजधानी भालुवाङमा अधिवेशन गर्ने भएको हो । बैठकले प्रदेश मन्त्रालय र फ्याक्सन इन्चार्ज संग समन्वय गर्न कार्यदल निर्माण गरेको छ ।

कार्यदलको संयोजकमा शान्तराज गौतम रहनुभएको छ । कार्यदलको सहसंयोजक ऋषिकेश अधिकारी, सदस्य रुद्रमणि पौडेल, भोज बहादुर रावल, दामोदर आचार्य, ज्ञानु बुढा, यादव सापकोटा रहनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती लुम्बिनी प्रदेशका अध्यक्ष राजेन्द्र रानाको अध्यक्षता तथा फ्याक्सन इन्चार्ज लुमाकान्त न्यौपाने सागरको प्रमुख आतिथ्यमा अधिवेशनको तयारी बैठक बसेको हो ।


बैठकले संघिय निजामती, प्रदेश निजामती, स्थानिय सेवा संचालन ऐनमा समेटनु पर्ने विषय र तलब आयोगलाई दिने सुझाव संकलन गरेको छ । यस्तै संगठीत सदस्यता लगायत रिपोर्टिङ गरिएको छ ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस