२०८१ माघ २ गते बुधवार

भुकम्प सुरक्षाका लागि अप्टिमिष्टको सचेतना

तुलसीपुर,२ माघ ।
राष्ट्रिय भुकम्प सुरक्षा दिवसका अवसरमा अप्टिमिष्ट क्लब अफ तुलसीपुरले सचेतना फैलाएको छ ।

क्लबले सोमबार तुलसीपुर ९ दोघरे स्थित सप्तरंगी इग्लिस बोर्डिङ स्कुलमा कार्यक्रम गरि विद्यार्थीहरुलाई सचेतना प्रदान गरेको हो ।

त्यस अवसरमा विद्यार्थीहरुलाई क्लबका अध्यक्ष मानबहादुर बस्नेतले भुकम्पको बारेमा जानकारी दिै सचेतना प्रदान गर्नुभएको हो । उहाँले भुकम्प जतिबेला पनि जान सक्ने भन्दै यसबाट बच्न पूर्वसर्तकता अपनाउनु पर्ने बताउनुभयो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष घनश्याम ढकाल, तुलसीपुर उपमहानगरपालिकाका वातावरण तथा विपद ब्यस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, सप्तरंगी स्कुल ब्यबस्थापन समितिका अध्यक्ष ललितजंग शाह, समाजसेवी मुक्तप्रसाद न्यौपानेलगायतले भुकम्पबाट विद्यार्थीहरु सचेत हुनुपर्ने र समाजलाई सचेत बनाउनु पर्ने बताउनुभयो ।

क्लबका उपाध्यक्ष कमल साप्कोटामको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रबक्ता दीपक बोहराले धन्यवाद गर्नुभएको हो । कार्यक्रमको सहजीकरण सचिब एकराज भण्डारीले गर्नुभएको छ ।

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस