२०८३ असार २५ गते बिहिवार

आमा–छोरीको सहकार्यमा ‘सियो नाज कलेक्सन’ सञ्चालन


तुलसीपुर, २५ असार । दाङको तुलसीपुर–६, शान्ति बजारमा आमा–छोरीको सहकार्यमा सञ्चालित ‘सियो नाज कलेक्सन’ को औपचारिक उद्घाटन गरिएको छ।


तुलसीपुर उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष देबबहादुर केसीले रिबन काटेर कलेक्सनको उद्घाटन गर्नुभएको हो।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले युवाहरूले स्वदेशमै लगानी गरी उद्यमशीलता र आयआर्जनमा अग्रसर हुनु अत्यन्त सकारात्मक पक्ष भएको बताउनुभयो।


उहाँले यस्ता प्रयासले रोजगारी सिर्जना गर्नुका साथै देशको आर्थिक अवस्था सुदृढ बनाउन र समृद्ध नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।


आमा खुमा खड्का पुनमगर र छोरी सन्जु बस्नेतको संयुक्त प्रयासमा सञ्चालनमा आएको उक्त कलेक्सनकी प्रोप्राइटर सन्जु बस्नेत हाल स्नातक (ब्याचलर) अध्ययनरत हुनुहुन्छ।


व्यवसायमा अनुभवी आमा खुमा खड्का पुनमगरसँगको सहकार्यमा उहाँले कलेक्सन सञ्चालन गरिरहनुभएको छ।
‘सियो नाज कलेक्सन’मा महिलाका लागि आवश्यक विभिन्न प्रकारका लेडीज आइटमहरू उपलब्ध रहेका छन्।


यसअघि आमा–छोरीले अनलाइनमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आउनुभएको थियो। अनलाइन व्यवसायमा प्राप्त उत्साहजनक सफलता र ग्राहकको विश्वासपछि अहिले तुलसीपुर–६, शान्ति बजारस्थित आफ्नै स्थानबाट कलेक्सन सञ्चालनमा ल्याइएको हो।


सञ्चालकहरूले गुणस्तरीय सामग्री, उचित मूल्य र ग्राहकमैत्री सेवामार्फत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउँदै व्यवसायलाई विस्तार गर्ने लक्ष्य रहेको बताएका छन्।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस