२०८३ भाद्र ९ गते मङ्गलवार

पेट्रोलियम पदार्थको घट्यो मूल्य

दाङ, १६ पुस । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेल/मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ ।

त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुष १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस