दाङ, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार आज बिहानबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि भएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।
योसँगै दाङ र सुर्खेतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १ सय ९९ सय रुपैँया कायम भएको छ । यस्तै काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।
एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार


