दाङ, ७ पुस । अमृतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था तुलसीपुर ३, ८ र ९ को निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोलले उत्सवको रूप लिएको छ ।
विशेष गरी सदस्य पदकी उम्मेदवार लक्ष्मी केसीको चुनावी अभियानले यतिबेला शिवपुर लगाएत संस्थाका सम्पूर्ण क्षेत्रहरूमा एउटा नयाँ तरङ्ग पैदा गरेको छ । उहाँको उम्मेदवारीले साधारण उपभोक्तादेखि पाका पुस्तासम्ममा ठूलो उत्साह र आशा जगाएको छ ।
जहाँ लक्ष्मी, त्यहाँ जनलहर भन्ने उद्घोषका साथ चुनावी प्रचारको क्रममा लक्ष्मी के.सी. जुन क्षेत्रमा पुग्नुहुन्छ, त्यहाँका उपभोक्ताहरूले उहाँलाई भव्य स्वागत गरिरहेका छन् ।
शिवपुर क्षेत्रकी स्थायी बासिन्दा भए पनि अमृतपुर खानेपानी अन्तर्गतका हरेक टोल र वस्तीमा उहाँको पकड उत्तिकै बलियो देखिएको छ । उपभोक्ताहरू भन्छन्— ‘हामीलाई चाहिएको यस्तै निडर र काम गर्न सक्ने मान्छे हो, जो हाम्रो दुःखमा सधैँ साथमा रहोस् ।’
आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दै केसीले भन्नुभएको छ— ‘अध्यक्षको जिम्मेवारी बिना प्रभावकारी रूपमा काम गर्न सकिँदैन भन्ने मेरो अनुभव हो, तर त्यो नेतृत्वलाई सही दिशामा हिँडाउन कार्यसमितिमा दरिलो सदस्यको आवश्यकता पर्छ । त्यसैले सम्पूर्ण क्षेत्रका उपभोक्ताको हकहितका लागि मैले सदस्य पदमा पाइला चालेकी हुँ ।’
किन छ त सबै क्षेत्रमा उत्साह ?
१. समान विकासको एजेन्डा : उहाँले कुनै एक टोल मात्र नभई संस्थाका सबै कार्यक्षेत्रमा समान रूपमा खानेपानी विस्तार र सुधार गर्ने योजना अघि सार्नुभएको छ ।
२. महिला नेतृत्वको भरोसा : घरको चुलो–चौको र पानीको समस्या सबैभन्दा बढी महिलालाई थाहा हुने भएकाले लक्ष्मी केसीको उम्मेदवारीले महिला उपभोक्ताहरूमा विशेष उत्साह थपेको छ ।
३. ’घर’ चिन्हप्रतिको आकर्षण : उहाँको चुनावी चिन्ह ’घर’ यतिबेला सबैको मुखमा झुण्डिएको छ । हाम्रो घरको धारामा पानी ल्याउनेलाई, ’घर’ चिन्हमै भोट दिने“ संकल्प मतदाताहरूले गरेका छन् ।
पुस ९ को प्रतिक्षा
अमृतपुर खानेपानीको भविष्य बदल्ने र नेतृत्वलाई जवाफदेही बनाउने लक्ष्मी केसीको यो यात्रालाई सफल बनाउन तुलसीपुर–९, शिवपुर लगाएत सम्पूर्ण क्षेत्रका मतदाताहरू एकजुट भएका छन् ।
आगामी पुष ९ गते हुने मतदानमा ’घर’ चिन्हमा स्वस्तिक छाप लगाएर उहाँलाई विजयी गराउन उपभोक्ताहरू आतुर देखिएका छन् ।


