
सल्यान, १२ माघ । सल्यानको कपुरकोट गाउँपालिकामा निशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ । राप्ती आँखा अस्पताल, तुलसीपुर दाङको प्राविधिक सहयोगमा कपुरकोट गाउँपालिकाले शिविर सञ्चालन गरेको हो ।
शिविरमा ३१३ जनाले आँखा जाँच गराएकाको पत्रकार जितप्रसाद आचार्यले जानकारी दिनुभयो । शिविरमा १९४ महिला र ११९ पुरुषले निशुल्क आँखा जाँच गराएका हुन् ।
शिविरले स्थानीय नागरिकहरूलाई आँखासम्बन्धी समस्याहरू पहिचान गर्न सहयोग पुर्याएको र आवश्यक परामर्श तथा उपचारका लागि सजिलो बनाएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो ।
राप्ती आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. ओमप्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र शाही, स्वास्थ्य शाखा प्रमुख सुवास हमाल लगायतको विषेश उपस्थितिमा शिविर संचालन गरिएको हो ।
प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार