२०८३ असोज १० गते शनिवार

आधारभूत आँखा स्वास्थ्य तालिम


तुलसीपुर, १० असोज ।
राप्ती आँखा अस्पताल तुलसीपुरमा आधारभूत आँखा स्वास्थ्य तालिम सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, राप्ती आँखा अस्पतालको आयोजना तथा दातृनिकाय एन.ए.बीपी नर्वेको आर्थिक सहयोगमा दाङ टेक्निकल इन्स्टिच्युट तुलसीपुरका पिसीएलका विद्यार्थीहरुलाई आधारभूत आँखा स्वास्थ्य तालिम दिएकोहो ।

राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर सहायक प्रा.डा. रन्जितकुमार साहको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको प्रमुख आतिथ्यमा भएको तालिममा बोल्दै प्रमुख आतिथि गिरीले दृष्टि विहिन्ता न्यूनिकरण लागि सवैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने बताए ।

उनले सवै क्षेत्रका स्वास्थ्य कर्मिहरुलाई आधारभूत आँखा स्वास्थ्य तालिम दिई आँखामा लाग्ने रोगको पहिचान र प्राथमीक उपचार समयमै गर्न सके आँखा स्वास्थ्य सेवा प्रभावकारी हुने बताए ।

राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकि अधिकृत जसराज विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघका सहसचिव प्रणवकुमार खड्का, राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक ध्रुव गौतम, अस्पताल व्यवस्थापन समितिका सदस्य गितादेवि भुसाल, नेत्रज्योति संघ दाङका सदस्य ताराप्रसाद पोख्रेल, नेपाल नेत्रज्योति संघका आजिवन सदस्य तथा स्वास्थ्यकर्मी द्रोण वलीलगायतले शुभकामना व्यक्तगरेका थिए ।

तालिममा सहयाक प्रा.डा रन्जितकुमार साहले आँखा स्वास्थ्य शिक्षाको जानकारी गराएका थिए । त्यस्तै वरिष्ठ अनुगमन तथा मुल्याङकन अधिकृत सालिकराम गौतमले आधारभूत आँखा स्वास्थ्य तालिम तथा विषय बस्तुको बारेमा जानकारी गराएका थिए । तालिममा आँखा लाग्ने रोग त्यसको रोकथाम, प्रथामीक आँखा स्वास्थ्य शिक्षाको विषयमा नेत्रअधिकृत विमल घिमीरेले प्रशिक्षण दिएका थिए ।

दाङ टेक्निकल इन्स्टिच्युटका एचए, ल्यावटेक्निसीन तथा अन्य पीसिएल व्याचका ४५ जना स्वास्थ्यकर्मी तथा विद्यार्थीहरुको सहभागीता रहेको बाह््य कार्यक्रम अधिकृत सुरुचि बुढाथोकीले जानकारी दिएकी छन् । कार्यक्रमको सहजिकरण आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका सूचना अधिकृत बालाराम खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस