
सल्यान , ५ माघ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सल्यानको अध्यक्षमा चुडामणी पुन चयन हुनुभएको छ । शनिबार कपुरकाेटमा भएकाे तेस्रो अधिबेशनले २ सदस्य पछि थप गर्ने गरि ९ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेकाे हाे ।
अध्यक्ष : चुडामणि पुन
उपाध्यक्ष : प्रदिप घर्ती मगर
उपाध्यक्ष (महिला) : अभिलाषा सिंह
सचिब : ज्ञानेन्द्र पुन मगर
सहसचिव : गोपाल पुन
कोषाध्यक्ष : कमला घर्ती
सदस्य : कृष्ण घर्ती
(२ सदस्य पछि थप गर्ने)

यस अवसरमा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, कपुरकोट गाउँपालिका २ का वडाअध्यक्ष ईश्वर बुढा, फोनिजका कर्णाली पदेशका पुर्वमहासचिव सन्तोष घर्ती, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष जीतसागर जी.एम., फाेनिजका कर्णाली प्रदेश इन्चार्ज बुद्धि पुन, फोनिज सल्यानका सल्लाहकार यम थापा, प्रेस चौतारी सल्यानका सहसचिव नोखिराम थापा, प्रेस सेन्टर सल्यानका अध्यक्ष सरिता चलाउने, राष्ट्रिय फोटो पत्रकार समुह सल्यानका उपाध्यक्ष अमृत कुमार बुढाथोकी, कपुरकोट गाउँपालिका-४ का वडा सदस्य दिपक पुन, युवा समाजसेवी कमल घर्ती मगर, दिल बहादुर थापा लगाएतले नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।