दाङ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति पदमा सुरेन्द्रबहादुर खड्काले उम्मेदवारी घोषणा गर्नुभएको छ।
पार्टीको क्षेत्रीय नेतृत्वका लागि खड्काले उम्मेदवारी दर्ता गराउँदै संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीचको एकता र सहकार्यलाई प्राथमिकता दिने बताउनुभएको छ।
क्षेत्र नम्बर ३ मा लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आउनुभएका खड्काले आफूलाई नेतृत्वको अवसर प्रदान गर्न क्षेत्रीय प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तासँग आग्रह गर्नुभएको छ।
उहाँले पार्टी संगठनलाई थप व्यवस्थित र चलायमान बनाउँदै कार्यकर्ताको भावना र आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आगामी क्षेत्रीय अधिवेशनमा सभापति पदका लागि खड्कासहित अन्य नेताहरूले समेत मैदानमा छन् ।
प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार


