२०८३ असोज १३ गते मङ्गलवार

दाङ–३ मा क्षेत्रीय सदस्यमा  गोरखबहादुर ओलीकाे उमेदवारी


तुलसीपुर, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशनमा गोरखबहादुर ओलीले क्षेत्रीय सदस्य (समानुपातिक खस आर्य) पदमा उम्मेदवारी दिनुभएकाे छ ।


नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ताबीच आपसी सहकार्य, समन्वय र एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने उद्देश्यसहित ओलीले क्षेत्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दिनुभएको हाे ।


दाङ क्षेत्र नं. ३ अन्तर्गतका पालिका सभापति, वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई लक्षित गर्दै ओलीले आफ्नो उम्मेदवारीका लागि समर्थन जुटाउने अभियान अघि बढाउनुभएकाे हाे ।


उहाँले पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कार्यकर्ता तथा प्रतिनिधिहरूसँग निरन्तर सहकार्य र समन्वय गर्दै संगठनलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।


क्षेत्रीय सदस्य (समानुपातिक खस आर्य) पदमा उम्मेदवारी दिएका ओलीले पार्टीका नीति, सिद्धान्त र संगठनात्मक मूल्य–मान्यतालाई आत्मसात् गर्दै कार्यकर्ताको भावना र अपेक्षालाई प्रतिनिधित्व गर्ने बताउनुभएकाे छ ।


पार्टी संगठनलाई जनस्तरसम्म थप प्रभावकारी बनाउँदै कार्यकर्ताको भूमिका र सहभागितालाई मजबुत बनाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।

ओलीको उम्मेदवारीसँगै दाङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनलाई लिएर राजनीतिक तथा सांगठनिक गतिविधि बढेको छ। क्षेत्रीय प्रतिनिधिहरूले आफ्नो उम्मेदवार छनोट गर्ने प्रक्रियामा सहभागी हुँदैछन्।


ओलीले आफूलाई क्षेत्रीय सदस्य पदमा मतदान गरी अत्यधिक बहुमतका साथ विजयी गराउन क्षेत्रीय प्रतिनिधिहरूसमक्ष आग्रह गर्नुभएकाे छ ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस