

दाङ, ५ माघ ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) लुम्बिनी प्रदेशको भेला आज दाङ देउखुरीमा सम्पन्न भएको छ। भेलाले रिसव शर्मा( कपिलवस्तु )को अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ ।
जसको उपाध्यक्षमा कुलचन्द्र शर्मा(रुपन्देही), सचिव सागर बेल्बासे(अर्घाखाँची), सह-सचिव निशा गौतम( नवलपरासी), कोषाध्यक्ष सेवक भट्टराई(दाङ) सदस्यहरुमा लक्ष्मण पुन(प्युठान), प्रकाश चुँदालि ( अर्घाखाँची ), दिनेश रैदाश( दाङ), माधवराज विश्वकर्मा ( प्युठान), टिना अदै (कपिलवस्तु ), सचिन ढकाल (गुल्मी),अंशु ठडराई( पाल्पा), सागर एम.सि. (रुपन्देही) चयन हुनुभएको छ ।साथै भेलाले सरोजमान सिंह , खगेन्द्रा विष्ट, र केशव बुढाथोकी लाई सल्लाहकारमा चयन गरेको छ।
भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अखिल छैठौंका अध्यक्ष सुवास जि.सि. ले देशको शैक्षिक अवस्था धराशायी अवस्था पुगेको बताउनु भयो । अध्यक्ष जि.सि. ले राज्यले शिक्षालाई उचित ध्यान पुर्याउन नसक्दा देशको शैक्षिक गुणस्तर खस्किएको आरोप लगाउनु भएको थियो । साथै अध्यक्ष जि.सि. ले आगामी फाल्गुन १५ गते हुने स्ववियु निर्वाचनमा शतप्रतिशत नजिक हासिल गर्ने गरि मैदान उत्रिन निर्देशन दिनु भएको थियो । त्यस्तै पछिल्लो समय युवा विद्यार्थीहरुमा देखा परेको राजनीति प्रतिको चरम वितृष्णा लाई तोड्न , युवाहरू विद्यार्थीहरको विदश पलायन रोक्न अखिल छैठौंले महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयो । शिक्षामा भएको भ्रष्टाचार , चरम लापरबाही रोक्न , विद्यार्थीहरुको हक अधिकार प्राप्त गर्न समेत संगठनले भुमिका खेलेको स्पष्ट पार्नु भएको थियो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि राजमो लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोख्रेलले देशले अब संघीयता थेग्न नसक्ने अवस्थामा पुगेको हुँदा यसको खारेजीको लागि राष्ट्रिय जनमोर्चाले चैत २४ गते देखि आयोजना गरेको ७ दिने राजधानी केन्द्रीत आन्दोलन सफल पार्न सम्पुर्ण युवा विद्यार्थीहरुको अहम भुमिका हुने हुँदा सबैलाई आन्दोलन सफल पार्न आफ्नो क्षेत्रबाट लाग्नु हुन अनुरोध गर्नु भएको थियो ।
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले विद्यार्थी जीवन, अनुशासन , तथा देशको शैक्षिक अवस्था सुधारको लागि विद्यार्थी संगठनहरुको कस्तो रहने लगायतका विषयमा मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा अखिल छैठौंका पुर्व केन्द्रीय सदस्य सागर बेल्बासे, ऐरावतति आदर्श बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति तथा अखिल छैठौं दाङका सल्लाहकार ध्रुव बेल्बासे र ऐरावति आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति अशोक खनालको समेत आतिथ्यता रहेको थियो ।
अखिल छैठौं लुम्बिनी प्रदेश अध्यक्ष सरोजमान सिंह को अध्यक्षतामा सुरु भएको भेलाको सञ्चालन प्रदेश सह सचिव जिवन नेपालीले गर्नु भएको थियो भने , सहभागीहरुलाइ प्रदेश उपाध्यक्ष रिसव शर्माले स्वागत गर्नु भएको थियो ।