२०८१ फाल्गुन ६ गते मङ्गलवार

बिजय लघुवित्तले दियो तीन लाख बढी रकम

सल्यान, २९ पुस । विजय लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय श्रीनगरले म्यादी बिमा बापतको रकम हस्तान्तरण गरेको छ ।

संस्थाले सल्यानको छत्रेश्वरी गाँउपालिका वडा नम्बर ७ का जानका कुमारी आचार्यको परिवारलाई रकम हस्तान्तरण गरेको हो । आचार्य शंखमुल बिजय महिला समुहकी सदस्य हुनुहुन्थ्यो ।

उहाँको गत भदौ ९ गते निधन भएको थियो । सदस्य आचार्यको निधन भएपछि उहाँको परिवारलाई कर्जा लिदा गरिएको म्यादी बिमावापतको रकम र क्रिया खर्च गरी ३ लाख २० हजार रकम हस्तान्तरण गरिएको शाखा प्रमुख रुद्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सोमबार समुहका सदस्यहरुको सहभागितामा मृतकका श्रीमान टिकाराम आचार्यलाई संस्थाका अनुगमन अधिकृत हिमलाल वलीले वडा अध्यक्ष टेक बहादुर बिष्टको रोहबरमा चेक हस्तान्तरण गर्नुभएको हो ।

आचार्य बिगत ९ वर्षदेखि समुहमा आवद्ध भई वचत तथा कर्जाको कारोबार गर्दै आउनुभएको थियो । उहाँको निधनपछि कर्जाको म्यादी बिमावापतको रकम ३ लाख र क्रिया खर्चवाफतको रकम २० हजार गरी तीन लाख २० हजारको चेक परिवारलाई हस्तान्तरण गरिएको हो ।

समुहकी अध्यक्ष सुजाता बुढाथोकीको अध्यक्षतामा रकम हस्तान्तरण गरिएको हो । संस्थाका अनुगमन अधिकृत हिमलाल वलीले बिमाको महत्वको बारेमा प्रष्ट पानुभएको हो ।

यस्तै वडा अध्यक्ष टेक बहादुर बिष्टले आर्थिक जोखिम न्यूनिकरणमा बिमाले महत्वपुर्ण भुमिका खेल्ने भएकोले बैंक तथा वित्तिय संस्थामार्फत मात्र वित्तिय कारोबार गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस