
दाङ,२० पुस ।
दाङको तुलसीपुरमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१२ टरीगाँउ स्थित जंगलमा किशोरीलाई जवरजस्ती करणी गरेको उनीहरुमाथि आरोप छ ।
पिडितले आफुलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुबाट खटिएको प्रहरीले आज उनीहरुलाई पक्राउ गरेको प्रहरी निरिक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जवरजस्ती करणीको घट्ना पुस १३ गते दिउँसो ४ बजेतिरको हो । आरोपीहरुले पीडित बालिकालाई ललाई फकाई स्कुटीमा बसालेर टरिगाँउ फुटबल मैदानको अगाडि लगेका थिए ।
लगत्तै सोही मैदानमा आएका तीन जना व्यक्तिहरूले बालिकालाई चारैतिरबाट घेरा हालेर आरोपी मध्येका एकजनाले सल्लाह छ, भन्दै केही परको जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए ।
त्यसपछि अर्का एक जना आरोपीले पिडित किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरी निरिक्षक खत्रीले जानकारी दिनुभयो ।
लगत्तै संगै रहेका अन्य दुई जनाले जबरजस्ती करणीको कार्यमा पुर्ण सहयोग गरेका थिए । प्रहरीले घटनामा संलग्न तीन जना व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धान भैरहेकाले आरोपीहरुको परिचय भने खुलाइएको छैन् । घटनामा संलग्न अर्का एक जनाकोे खोजी भइरहेको प्रहरीले जनाएको छ ।