२०८२ बैशाख ३० गते मङ्गलवार

मिना बुढालाई मेरो माइक्रोफाइनान्सको आर्थिक सहयोग

दाङ,१२ पुस । तुलसीपुर उपमहानगरपालिका–०३, राम्री गाउँकी मिना बुढालाई मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, धनवाङ्ग शाखाले काजक्रिया खर्च बापत २१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

राम्री गाउँस्थित ‘मेरो राम्री महिला केन्द्र’ मा वचत तथा कर्जा कारोबार गर्दै आएकी सदस्य बुढालाई सो रकम उहाँका श्रीमान् दोर्ण बहादुर सिंजाली थापाको निधनपछि उपलब्ध गराइएको हो र

सदस्य मिना बुढा २०७३ सालदेखि मेरो माइक्रोफाइनान्सको समूहमा आबद्ध हुनुहुन्थ्यो । उहाँका श्रीमान् दोर्न बहादुर थापाको २०८१ साल कात्तिक १५ गते बाइक दुर्घटनामा निधन भएको थियो ।

सोही कारण काजक्रिया खर्चका लागि सहयोग स्वरूप उक्त रकम प्रदान गरिएको शाखा प्रबन्धक प्रेम बहादुर बिकले जानकारी दिनुभयो ।

मेरो माइक्रोफाइनान्सले हाल नेपालभर ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयमार्फत १ लाख ६० हजारभन्दा बढी घरधुरीलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ पुष १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस