सल्यान, २५ साउन । सल्यानमा लागूऔषधसहित दुई जनालाई पक्राउ परेका छन् । शारदा नगरपालिका-२ का विनय बुढाथोकी र सुरज विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अवैधरुपमा लागूऔषध ओसारपसार, बेचविखन तथा सेवन गरेको गोप्य सूचनाको आधारमा खोजतलास गर्दा उनीहरुलाई खैरो हिरोइनसहित पक्राउ गरिएको सल्यान प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले जानकारी दिनुभयो ।
पक्राउ परेका दुबैको खानतलासी गर्दा सुरज विकको जकेटको गोजीबाट मेघाश्रीको खाली खोलमा लुकाई राखेको खैरो हेराईन जस्तो देखिने १ सय ५० ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रवार


