
दाङ, १४ साउन । दाङमा श्रीमानले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका १ रसरीका ३८ वर्षको गणेश घर्तीले आफ्नै श्रीमती ३७ वर्षका बसन्ती घर्तीलाई प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
गणेशले धेरै मदिरा सेवन गर्ने भएकाले घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शनिबार राति ९ बजे खाना खाएर सुतिरहेका बेला श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमानले श्रीमतीको टाउकोमा फलामको रडले हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक कालिका कार्कीको जानकारी दिनुभयो ।
फलामको रडसहित गणेश घर्तीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले निरिक्षक कार्कीले जानकारी दिनुभयो । सोमबार बिहान ९ः३० बजेसम्म बसन्तीको घरको ढोका नखुलेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।