तुलसीपुर, ३१ जेठ ।
धारिलो हतियार चक्कु प्रहारबाट गम्भिर घाइते भएका तुलसीपुरका एक युवकको मृत्यु भएको छ । चक्कु प्रहारबाट गम्भिर घाइते भएका तुलसीपुर -४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारका क्रममा मृत्य भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
खड्कालाई बुधबार बिहान साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका-४ मजुवा ठुलाखाली चोकमा बसीरहेको अवस्थामा २/३ जनाको समुहमा आएका युवाहरुको समुहले धारिलो हतियार चक्कु प्रहार गरेका थिए । उहाँको उपचारको क्रममा बुधबार साँझ सवा सात बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक थापाका अनुसार चक्कु प्रहारबाट गोरखलाललाई ढाडमा गहिरो चोट लागेको थियो।गम्भिर घाईते गोरखलाललाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि नर्सिङ होम नेपालगंज बाँके रिफर गरिएको थियो ।
त्यहाँपनि उपचार सम्भव नभएपछि खडकालाइ भारतको लखनउ रिफर गरिएको थियो । लखनउमा उपचारकै क्रममा बुधवार साँझ सवा ७ बजेतिर मृत्यु भएको उहाँले जानकारि दिनुभयो ।


