तुलसीपुर, २९ जेठ । सडकमा बेच्दै गरेको अबस्थामा तुलसीपुरबाट आईसक्रिमका ठेला जफत गरिएको छ ।
सोमबार अपरान्ह सडकमा दुर्घटनाको जोखिम बढ्ने गरि ठेला चलाएको भन्दै तुलसीपुर उपमहानगरपालिकाले जफत गरेको हो । ६ वटा आइसक्रिमका ठेला र एउटा फलफूलको ठेला जफत गरिएको बजार ब्यबस्थापन उपसमितिका सदस्य मोहन विकले बताउनुभयो ।
समिति, कर्मचारी, नगर प्रहरीलगायतले ठेला जफत गरेका हुन् । विकका अनुसार सडकमा ठेला गुडाउँदा बजार पनि अब्यबस्थित भएको र दुर्घटनाको पनि जोखिम बढेकाले ठेला जफत गरिएको हो । बजार भन्दा बाहिर मात्रै ठेला चलाउन भनेपनि बजारमै ल्याएकाले जरिवाना काटिएको उहाँको भनाई थियो ।
ति ठेला नगरपालिकाले लिलाम गर्ने र भने आईसक्रिमलाई जरिवाना कटाएर फिर्ता दिने छ । उनीहरुले पाँचसय देखि पाँच हजारसम्म जरिवाना तिर्नुपर्ने छ । ठेला व्यवसायीहरुले भने साँझ तिर आफूहरुलाई सडकमा आउन पाउनुपर्ने माग राखेका छन् ।