दाङ, ११ वैशाख । घोराहीबाट घरजग्गा कारोबारमा सहजीकरण गरिरहेको दाङ ड्रिम प्रोपर्टीले तुलसीपुरमा शाखा विस्तार गरेको छ । तुलसीपुरमा नियोनिष्ट रियल स्टेट प्रालिको स्थापना गरिएको हो ।
प्रालिको शुक्रबार तुलसीपुरमा उद्घाटन गरिएको छ । तुलसीपुरको घोराही रोडमा स्थापना भएको प्रालिको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले उद्घाटन गर्नुभएको हो ।
अध्यक्ष केसीले प्रालिको उद्घाटन गर्दै अब सरकारले नै ३ करोड भन्दा माथिको घरजग्गा कारोबार गर्न अनिवार्य कम्पनिमार्फत गर्ने व्यवस्था ल्याएको बताउनुभयो । उहाँले तुलसीपुर र आसपासका घरजग्गा कारोबार गर्न नियोनिष्ट रियल स्टेट प्रालिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
प्रालिका सिइओ शेखर क्षेत्रीले सरकारलाई नै नै राजश्व बुझाएर घरजग्गा खरिद र बिक्रिमा सहजीकरण गरिने बताउनुभयो । उहाँले घोराहीमा दाङ ड्रिम प्रोपर्टीमार्फत करिब ९ महिना अघिदेखि सेवा दिइरहेको बताउनुभयो । प्रालिले खरिदबिक्रि गर्दा घरजग्गाको सबै आधिकरिता बुझेरमात्र खरिदबिक्रि गर्ने बताउनुभयो ।




