२०८३ असोज २१ गते बुधवार

सल्यानमा पेस्तोलसहित एक पुरुष पक्राउ

सल्यान, २७ जेठ । सल्यानमा अवैध हतियार (पेस्तोल) सहित एक जना पक्राउ परेका छन् । प्रहरीले कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरस्थित वर्ष ४५ का दिपकबहादुर चलाउनेलाई पक्राउ गरेको हो ।

चलाउनेले अवैध रुपमा हतियार लुकाइराखेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लुहाम र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजतलास गर्दा घरदेखि केही पर पोखरा सामुदायिक वन सल्लेरीमा खाल्डो खनी प्लाष्टिकमा बेरेर लुकाइराखेको एक थान खिया लागेको पेस्तोल बरामद गरेको र उनलाई तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताउनुभयो ।

खिया लागेको पेस्तोलको कम्पनीको नाम र मोडल नम्बर नखुलेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पेस्तोल द्वन्द्वकालमै लुकाइराखेको जस्तो छ ।

पक्राउमा परेका चलाउनेलाई जिल्ला अदालत सल्यानबाट सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखिएको र घटनाको थप अनुसन्धान भैरहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस