२०८१ मङ्सिर २२ गते शनिवार

बिदामा आएका सालिकरामले यसकारण गरे टिकाको हत्या

दाङ, २५ जेठ । सालिकराम बुढाथोकी नेपाली सेनाका अमलदार हुन् । उनी ज्वाला दल गंण बारामा कार्यरत छन् ।

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ घर भएका बुढाथोकीको श्रीमती ३१ वर्षिय टिका रावत तुलसीपुर- ६ राप्ती टोलमा डेरा गरी बसेकी थिइन् ।

प्रहरी स्रोतका अनुसार श्रीमान श्रीमती बिचको सम्बन्ध खासै राम्रो थिएन ।

श्रीमती परपुरुषसंग लागेको उनले सामान्य बुझिसकेका थिए ।

अनि श्रीमतीसंग खटपट आएपछि केहि दिन अघिमात्रै उनीहरु दुवै जनाले सम्बन्ध बिच्छेद गरेका थिए ।

सहमतीमै सम्बन्ध बिच्छेद गरेपनि श्रीमान भने सन्तुष्ट थिएनन् ।

शालिरामले श्रीमतीले सम्बन्ध बिच्छेद गर्नुको कारण खोजिरहेका थिए । यसबिचमा उनी केहि दिनको बिदा लिएर तुलसीपुर आए र सम्बन्ध बिच्छेद भइसकेको पूर्व श्रीमतीको पिछा गर्न थाले ।

शुक्रबार बिहानमात्रै टिकालाई अछाम कमल बजार नगरपालिका ४ घर भई हाल १९ नं.बाहिनी तुलसीपुर दाङमा कार्यरत २९ वर्षिय सैनिक जवान आर्यन थापासंग भेटे ।

टिकाले आर्यनलाई मित भाई भनेर बताउने गरेकी थिइन् । तर उनलाई विश्वास थिएन । शुक्रबार बिहान टिकासंगै आर्यनलाई पनि भेटेपछि दुवै जनालाई खुँडा प्रहार गरे । खुँडा प्रहारपछि दुवै जना भागे ।

उनीहरु भागेर छिमेकीको घरमा गएका थिए । त्यहाँ पनि पुगेर खुँडा प्रहार गरेपछि टिकाको उपचारको क्रममा मृत्यु भएको छ भने सैनिक जवान आर्यनको उपचार भइरहेको छ ।

उपचारारत आर्यन ।

उपचारारत आर्यनको अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी राम बहादुर केसीले बताए । ‘खुडा प्रहार गर्ने शालिकरामलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’ उनले भने-‘हत्याका कारणबारे थप अनुसन्धान हुनेछ ।’

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस