२०८३ असोज २१ गते बुधवार

दाङमा सेनाका जवानले गरे, श्रीमती हत्या


दाङ, २५ जेठ । दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतिको हत्या पछि खुकुरीसहित फरार भएका छन् ।


तुलसीपुर उपहानगरपालिका – ६ लुङ्ग्री टोलमा बस्ने ३६ बर्षीय शालिकराम बुढाथोकीले श्रीमति २७ बर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरि हत्या पछि खुकुुरीसहित फरार भएका छन् ।


शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतिको हत्या पछि सोही खुकुरी लिएर फरार भएको हुँदा खोजी कार्य जारी रहेको प्रहरी अधिकारीहरुले बताए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान सवा ८ बजेतिर श्रीमतिको हत्या पछि आरोपित ब्यक्ति खुकुरी हातमा समाएर गएको भन्ने सूचनाका आधारमा प्रहरीले भरखरै उनलाई नियन्त्रणमा लिएको छ ।

श्रीमतिले बिवाहत्तर सम्बन्ध राखेका कारण आवेगमा आइ श्रीमतिको हत्या गरेको प्रहरी समक्ष आरोपितले बयान गरेका छन् ।


आफ्नै आर्मी साथी संग लसपसका कारण आँफुले श्रीमतिको हत्या गरेको उनले बताएको एक प्रहरी अधिकारीले बताए । घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस